२०८१ भाद्र २३ गते आइतवार

अमेरिकामा एक नेपालीको मृत्यु

अमेरिकाको मेरिल्याण्ड राज्यमा एक नेपाली आफ्नो अपार्टमेन्टमा मृत फेला परेका छन् । नेपालमा पर्वत जिल्ला घर भएका हाल अमेरिकाको मेरिल्याण्डमा बस्दै आएका ४७ बर्षिय शान्तलाल प्रधान आफ्नै अपार्टमेन्टमा मृत फेला परेका हुन् ।

स्व प्रधान २७ अगष्टका दिन दिउसो २ बजे काम सकेर कोठामा फर्किएका थिए । सन् २०१५ मा अमेरिका आएका प्रधान झण्डै १० बर्षपछि नेपाल फर्कने तयारीमा समेत रहेका थिए । उनको नेपालमा पत्नी, एक छोरा र एक छोरीका सहितको परिवार रहेका छ ।

उनको मृत्यु कसरी भयो भन्ने बारे अझै एकिन हुन बाँकी नै रहेको छ । उनको मृत्युको कारण पत्ता लागेपछि मात्र शव नेपाल पठाइने भएको छ ।

अमेरिकामा पछिल्लो एक महिना को बिचमा लगातार नेपालीहरु मृत फेला परिरहेका छन् । यसअघि मनाससमा हत्या भएकी ममता काफ्ले, टेक्सासमा मुना पाण्डेको आफ्नै अपार्टमेण्ट भित्र हत्या भएको थियो ।

स्व प्रधानको परिवारको सहयोगार्थ अमेरिकाबाट गो फण्डको संचालन गरिएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *