२०८१ भाद्र २३ गते आइतवार

अमेरिकाको न्यूयोर्कमा तीज विशेष कार्यक्रम हुने

नेपाली महिलाहरुको महान पर्व हरीतालीका तिजको अवसरमा अमेरीकाको न्यूयोर्कमा तिज बिशेष कार्यक्रम हुने भएको छ । प्रदेशमा नेपाली संस्कृतिको संरक्षण संवर्द्धन गर्न भन्दै राप्ती सेवा समाज न्यूयोर्कको आयोजनामा कार्यक्रम हुन लागेको हो ।

नेपाली संस्कृतिको संरक्षण, संवर्द्धन गर्दै नयाँ पुस्तालाई नेपाली कला संस्कृतिसंग जोड्न तिज बिशेष कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष दिपक भट्टराईराईले जानकारी दिए । साविक राप्ती बासीको एकताका लागी कार्यक्रम आयोजना गरीएको र प्रवासमा रहेर पनि आफ्ना चाड पर्व रितिरिवाज र संस्कृति बचाइ राख्न कार्यक्रमको आयोजना गरीएको भट्टराईले जानकारी दिए ।

सेप्टेम्बर ३ तारिख मंगलबार का दिन तिब्बतियन कम्युनिटि सेन्टर हल उडसाईड न्यूयोर्कमा साझ ६ बजेदेखी २ बजे सम्म हुने तिज बिशेष कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायक तीलक वली, गायिका आशा पुन मगर, गायक दिपेन्द्र डांगी लगाएतको प्रस्तुति रहने छ, भने  कार्यक्रममा दरखाने, एकल तथा सामुहिक नृत्य प्रस्तुती, नेपाली लोक सांस्कृति झल्कने तिज बिशेष प्रस्तुतीहरु हुनेछ्न ।

समाजले तिज बिशेष कार्यक्रम संफल पार्न सांस्कृतिक संयोजक चन्द्र वलीको संयोजकत्वमा १२ सदस्यिय समिति गठन गरेको छ भने सदस्यता बितरणका लागी महासचिव बसन्त अधिकारी, सचिव तुल्सीराम वली,  कोषाध्यक्ष खिम बहादुर वली र सहकोषध्यक्ष शिशिर रावत लाई जिम्मेवारी दिईएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *