इजरायल,साउन १३ । इजरायलको कब्जामा रहेको गोलान हाइटको एक फुटबल मैदानमा रकेट आक्रमण हुँदा बालबालिकासहित १२ जनाको मृत्यु भएको छ ।
उक्त आक्रमण लेबनानको लडाकु समुह हिजबुल्लाहले गरेको जनाएको छ । तर, हिजबुल्लाहले भने इजरायलको सो भनाइ अस्वीकार गरेको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन न्यातानाहुले सो आक्रमणको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
७ अक्टोबरमा हमासले इजरायलमाथि आक्रमण गरेपछि शनिबार भएको पछिल्लो आक्रमण इजरायलको उत्तरी सीमामा भएको सबैभन्दा भयानक आक्रमण मानिएको छ ।
प्रकाशित मिति : २०८१ साउन १३ गते आइतवार
