२०८२ चैत्र २ गते सोमवार

बेलायतमा ‘ओमिक्रोन’ समुदायस्तरमा फैलियो : एकैदिन ९० जनामा सङ्क्रमण पुष्टि

काठमाण्डौ,मंसिर २१ । बेलायतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन समुदायमा स्तरमा फैलिएको पाइएको छ । त्यहाँ एकैदिन हिजो ९० जना सङ्क्रमित भेटिएका हुन् ।

यीमध्ये ६४ जनामा बेलायत, २३ स्कटल्यान्ड र ३ वेल्सका रहेका छन् । बेलायतमा अब ओमिक्रोन सङ्क्रमितको सङ्ख्या ३३६ पुगेको छ ।

बेलायती संसदमा सम्बोधन गर्दै स्वास्थ्यमन्त्री साजिद जाविदले ३ सय ३६ जना ओमिक्रोनबाट सङ्क्रमित पुष्टि भइसकेको जानकारी दिए । उनले बेलैमा सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न नसके त्यसले भयावह अवस्था ल्याउने समेत बताए ।

नयाँ सङ्क्रमित अन्तर्राष्ट्रिय यात्रासँग सम्बन्धित नभएको पनि उनले पुष्टि गरेका बीबीसीले जनाएको छ । बेलायतले ओमिक्रोन’ नियन्त्रणका लागि केही देशमा यात्रा प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध निरन्तर रहेको बेलायतका स्वास्थ्यमन्त्री जाविदले बताए ।

प्रकाशित मिति : २०७८ मङ्सिर २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *