काठमाण्डौ,भदौ १५ । अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढेको छ ।
सङ्क्रमित भएर अस्पताल भर्ना हुनेको सङ्ख्या एक लाख पुगेको छ । यसअघि गएको जनवरीमा अस्पतालमा भर्ना हुनेको सङ्ख्या एक लाख थियो ।
अहिले अस्पतालका एक लाख ३ हजार १७ शय्या बिरामीले भरिएका त्यहाँको स्वास्थ्य निकायले जनाएको छ ।
अमेरिकाको फ्लोरिडा र टेक्सासमा सङ्क्रमण धेरै देखिएको छ । गएको हप्ता फ्लोरिडामा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या पनि सबैभन्दा धेरै थियो ।
अमेरिकामा गएको २४ घण्टामा ८६ हजार भन्दा धेरैलाई सङ्क्रमण पाइएको छ । यो सँगै अहिलेसम्म त्यहाँ सङ्क्रमितको सङ्ख्या तीन करोड ९८ लाख ७० हजारभन्दा धेरै पुगेको छ ।
प्रकाशित मिति : २०७८ भाद्र १५ गते मङ्गलवार