२०८१ भाद्र २८ गते शुक्रवार

विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो

विदेश ।

विश्वभरी कोरोना संक्रमितको संख्या १० करोड नाघेको छ । कोभिड(१९ बाट संयुक्त राज्य अमेरिका अति प्रभावित देशको सुचिमा परेको छ ।

अमेरिकामा २ करोड ५० लाख व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । यस भाइरसको संक्रमणको कारण अमेरिकामा चार लाख २० हजार व्यक्तिको मृत्यु भइसकेको छ ।

अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस विरुद्धको खोप कार्यक्रमलाई अगाडि बढाउने वाचा गरेका छन् ।

अमेरिकाले थप २० करोड डोज कोरोना भाइरसविरुद्ध खोप किन्दै छ र यसपछि लगभग ३० करोड अमेरिकीहरुलाई खोप दिन पर्याप्त हुने बाइडेनले बताए ।

कोरोना भाइरसको कारण बेलायतमा पनि एक लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको बेलायतको सरकारी माध्यमले जानकारी दिएको छ ।

विश्वभरी कोरोना भाइरस संक्रमणबाट २१ लाख भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ ।

सात करोड २९ लाख भन्दा बढी व्यक्ति कोरोना भाइरस मुक्त भएका छन् ।

 

 

प्रकाशित मिति : २०७७ माघ १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *