२०८१ मङ्सिर १९ गते बुधवार

मधुमेहका बिरामीले सन्तुलित खाना र नियमित ब्यायाममा ध्यान दिउ – फिजिसियन डा. अजयराज गौतम

दाङ । पछिल्लो समय नेपालमा बंशाणुगतसँगै आरामदायी जीवनशैली, तनाव, शहरीकरण, असन्तुलित खानाको कारण मधुमेह बढ्दै गएको पाइन्छ ।

यसको नियन्त्रणका लागि सन्तुलित खाना र नियमित ब्यायाममा ध्यान दिनु जरुरी छ । समाजमा मधुमेहले धेरै भोक लाग्ने, थकाइ लाग्ने, रिंगटा लाग्ने विषयमा धेरैलाई थाहा भए पनि मधुमेह लागेपछि शरीरका अन्य मुख्य अंगहरु ऑखा, मिर्गौला, खुट्टा, मस्तिष्क, मुटु जस्ता मुख्य अंगमा असर गर्ने विषयमा थाहा नहुँदा गम्भीर असर देखा पर्ने गरेको पाइन्छ ।

सुगर देखा परेका विरामीले सुगर मात्रै परीक्षण नगरेर आँखा, मिर्गौला, खुट्टा, मस्तिष्क, मुटुको पनि वर्षमा एक पटक अनिवार्य र आवश्यकता अनुसार परीक्षण गर्नुपर्छ ।

मधुमेहको कारणले रगतमा चिनीको मात्रा बढी भएमा मिर्गौलाले रगत छान्न सक्दैन । क्षमता भन्दा बढी प्रोटिन भएमा पिसावबाट प्रोटिन चुहिन थाल्छ र मिर्गौला फेल हुन्छ ।

आँखामा असर गरेर दृष्टि गुम्न सक्छ । मधुमेहको कारण रगतमा हुने चिनीको बढी मात्राले रगतको नलीको भित्री भाग नष्ट गर्दै जान्छन् । खुट्टाको स–साना नली नष्ट भएपछि रक्तसंचारमा बाधा पर्ने, खुट्टा कालो हुने, हातखुट्टा झम–झम गर्ने पनि हुन सक्छ । त्यसैले खुट्टामा मोजा लगाउने, लुज जुत्ता लगाउने गर्नुपर्छ ।

मधुमेहका बिरामीले चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्ने, सन्तुलित खाना खाने, खाना खाएपछि हिंडडु्ल गर्ने, नियमित व्यायाम गर्ने, तीन घण्टाको फरकमा थोरै–थोरै खाने, नियमित आँखा, खुट्टा, मिर्गौला र मुटुको जाँच गर्नुपर्छ ।

मधुमेहका बिरामीलाई मदिरा र धुम्रपानले थप असर पुग्ने भएकोले यी दुबै कुराको सेवन बन्द गर्नुपर्छ । मधुमेह लाग्नबाट बच्न सामान्य खानपान अपनाउनु नै राम्रो हो । क्यालोरी भएको चिज अर्थात भात, मैदा, आलु, गुलियो चिल्लो फ्याट बढी हुने चिजहरुको कम सेवन गर्नु राम्रो हो ।

व्यायाम नियमित हुनुप¥यो । दिनमा कम्तिमा आधा घण्टा पसिना बगाउनुपर्छ । खानामा भात कम खाने सलाद, फलफूल, दाल तरकारी बढी खाने गर्नुपर्छ ।

शरीरको तौल सन्तुलित राख्ने, चिनीजन्य परिकार कम खाने, चिल्लो कम खाने, चाहिने भन्दा बढी खाना नखाने, धेरै गुलिया फलफूल कम खाने, पेय पदार्थ नखाने, फ्राइ तथा पोलेका परिकार कम खाने, धुम्रपान–मद्यपान नगर्ने तथा नियमित व्यायाम गर्ने गर्नुपर्छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *