नयाँ दिल्ली,बैशाख १९ । भारतमा पछिल्लो २४ घन्टामा थप ३१ सय ५७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
यो सहित भारतमा कोरोना सक्रिय संक्रमितको संख्या १९ हजार ५ सय पुगेको छ। पाँच राज्यमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको बताइएको छ।
दिल्लीमा सबैभन्दा बढी १४ सय ८५ संक्रमित भेटिएका छन्। हरियाणामा ४७९,केरलामा ३१४, उत्तर प्रदेशमा २६८ र महाराष्ट्रमा १६९ जनामा संक्रमण देखिएको हो।
पछिल्लो २४ घन्टामा कोरोनाबाट २६ जनाले ज्यान गुमाएका छन्। योसहित देशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ८६९ पुगेको छ। सोमबार ४०८ जना कोरोनामुक्त भएका छन्। पछिल्लो २४ घन्टामा ४ लाख ७१ हजार ८७ जनाले कोरोना जाँच गराएका छन्।
प्रकाशित मिति : २०७९ बैशाख १९ गते सोमवार