२०८३ कार्तिक १२ गते बुधवार

भारतमा कोरोना संक्रमण ६ प्रतिशतले घट्यो

काठमाण्डौ,माघ २७ । भारतमा पछिल्लो २४ घण्टामा ६७ हजार ८४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। भारतमा संक्रमण दरमा ६ प्रतिशत कमी आएको छ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख ९० हजार ८९ छ। साथै पछिल्लो २४ घण्टामा कोरोनाका कारण १ हजार २ सय ४१ जनाको ज्यान गएको छ ।


पछिल्लो २४ घण्टामा ४६ लाख ४४ हजार ३८२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

योसँगै हालसम्म भारतमा कोरोना खोप लगाउनेको संख्या १ अरब ७१ करोड २८ लाख १९ हजार ९४७ पुगेको छ ।

प्रकाशित मिति : २०७८ माघ २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *