२०८३ भाद्र ११ गते बिहिवार

भारतमा कोरोना भाइरसको संक्रमण घट्दै

काठमाण्डौ,माघ ९ । भारतमा कोरोना भाइरसको संक्रमण घट्न थालेको छ ।

गएको २४ घण्टामा भारतमा तीन लाख ३३ हजार ५ सय ३३ जनालाई कोरोनाको संक्रमण भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो हिजोको तुलनामा चार हजार एक सय ७१ ले कम हो । हिजो तीन लाख ३७ हजार सात सय ४ जनालाई संक्रमण भएको थियो ।

यस्तै, गएको २४ घण्टामा कोरोनाका कारण ५ सय २५ जनाको ज्यान गएको छ भने दुई लाख ५९ हजार एक सय ६८ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २०७८ माघ ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *