२०७८ जेष्ठ ४ गते मङ्गलवार

कोरोना सङ्क्रमणबाट बालबालिका र ज्येष्ठ नागरिकलाई कसरी जोगाउने ?

काठमाण्डौ,बैशाख १३ । विश्वमा कोरोना भाइरसको दोस्रो लहर देखिएसँगै नेपालमा पनि सङ्क्रमणको जोखिम बढिरहेको छ ।

डाक्टरहरुले कोरोना भाइरसको दोस्रो लहरले पहिलेभन्दा तुलनात्मक रुपमा बढी प्रभाव पारेको बताएका छन् ।

स्वास्थ्य मापदण्ड पालना नगर्ने हो भने अवस्था भयावह बन्न सक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

कोरोना सङ्क्रमणबाट बच्नका लागि भीडभाडमा नजाने, घर बाहिर निस्कने बेलामा मास्क लगाउने, पटक(पटक साबुनपानीले हात धुनेलगायतका स्वास्थ्य सावधानीका उपाय अपनाउन विज्ञको सुझाव छ ।

पहिलो लहरमा कोरोना भाइरस सङ्क्रमितहरु कम हुँदै गए पनि धेरैले जनस्वास्थ्यका मापदण्डको पालना गर्न छाडेका थिए ।

कोरोनाको पहिलो लहरमा भन्दा दोस्रो लहरमा जोखिम धेरै हुने भएकाले आफ्ना बालबालिकालाई सुरक्षित राख्नका लागि अभिभावकले विशेष सावधानी अपनाउन सरुवारोग विशेषज्ञ डा। शेरबहादुर पुनको सुझाव छ ।

बालबालिकालाई सुरक्षित राख्न ध्यान दिनुपर्ने कुरा

– धेरै बालबालिकाहरु जम्मा भएर खेल्ने ठाउँमा लैजान हुँदैन । त्यसले गर्दा बालबालिकामा कोरोना भाइरस सर्ने जोखिम हुन्छ ।

– व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ ।

– मास्क लगाउने तथा साबुनपानीले हात धुने गर्नुपर्छ ।

– बालबालिकालाई सिर्जनात्मक गतिविधिमा लगाउनुपर्छ ।

– बाहिरबाट आउनेबित्तिकै सिधै बालबालिकालाई समात्नु हुँदैन । सकिन्छ भने नुहाएर मात्र बालबालिकालाई लिने नत्र राम्ररी साबुनपानीले हात धोएपछि मात्र समात्ने गर्नुपर्छ ।

– घरमा बालबालिकाले भेट्ने गरी जथाभाबी मास्क फाल्न हुँदैन ।

– बालबालिकालाई सकारात्मक सन्देश दिनुपर्छ ।

– उनीहरुको खानपिनमा ध्यान दिनुपर्छ ।

वृद्धवृद्धालाई कसरी हेरचाह गर्ने ?

– सकेसम्म ज्येष्ठ नागरिकसँग लामो समय नबिताउने

– घर बाहिर निस्कँदा र घर फर्किसकेपछि पनि विभिन्न सावधानीका उपाय अपनाउने ।

– स्यानिटाइजरको प्रयोग गर्ने र ज्येष्ठ नागरिकलाई पनि प्रयोग गर्न लगाउने ।

–  भीडभाडमा जान नदिने र आफू पनि नजाने ।

– ज्येष्ठ नागरिकको रोग प्रतिरोधात्मक क्षमताको विकास गर्नका लागि पौष्टिक आहारामा ध्यान दिने।

– पूजाआजा भजनकीर्तन, जात्रापर्व सत्संग आदिमा ज्येष्ठ नागरिकलाई सहभागी नगराउने ।

– ज्वरो, रुघाखोकी लागेका बालबालिका एवम् वयस्क तथा अन्य ज्येष्ठ नागरिक पनि स्वस्थ ज्येष्ठ नागरिकको नजिक नजाने ।

– ज्येष्ठ नागरिकको नजिक जाँदा साबुनपानीले हात धोएपछि स्यानिटाइजर हातमा लगाएर मात्र जाने।

– परिवारका सबै सदस्यले खोक्दा, हाच्छ्यूँ गर्दा कुहिनाले छोप्ने । रुघाखोकी लागेमा मास्कको प्रयोग गर्ने ।

– ज्येष्ठ नागरिकलाई घरभित्रै शारीरिक अभ्यास गर्ने वातावरण बनाउने । यसमा साधारण किसिमका शारीरिक व्यायाम गराउन सकिन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

– ज्येष्ठ नागरिकलाई पहिले नै दम, मधुमेह, उच्च रक्तचाप भएको छ भने त्यसको नियन्त्रणको बारेमा जानकारी राखिरहनुपर्छ ।

– ज्येष्ठ नागरिक घरभित्रै लामो समय एक्लै बस्दा मानसिक समस्या हुने सम्भावना रहन्छ । यसका लागि परिवारका अन्य सदस्यले बेलाबेलामा कुराकानी गरिरहनुपर्छ ।

– ज्येष्ठ नागरिकलाई यस रोगका बारेमा तथ्यपरक सूचना एवम् जानकारी दिइरहनुपर्छ

– ज्येष्ठ नागरिक तथा परिवारका अन्य सदस्यहरु धूमपान, जाँडरक्सीबाट टाढै रहनुपर्छ ।

 

 

प्रकाशित मिति : २०७८ बैशाख १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *