२०८१ चैत्र १४ गते बिहिवार

लमहीमा २३ गते देखि वृद्धबृद्धाहरुलाइ कोभिड विरुद्धको खोप लगाइदै

लमही फागुन २२। लमही नगरपालिकाले ६५ बर्षमाथिका वृद्ध बृद्धा हरुलाइ कोभिड विरुद्धको भ्याक्सिन २३ गते आइतबार देखि लगाउदै छ ।बृद्धअबश्थामा रहेका आमाबुबाहरु कोभिडको संक्रमणको उच्च जोखिममा रहने भन्दै देश भर कोभिड प्रतिरोधात्मक खोप लगाइदै छ ।

वडा नम्बर ४ , ५ र ६ का लागि लमहि नपा वडा नम्बर ४ मा रहेको लमही अस्पताल मा तेसै गरि सतबरिया स्वास्थ चौकीमा वडा नम्बर ७, ८, ९ र सोनपुर स्वास्थ चौकिमा १,२,३ मा रहनु भएका ५६ बर्ष माथीका आमा बुवा हरुलाइ कोभिड १९ बिरुद्दको खोप लगाउने ब्यबस्था मिलाइएको लमही नगरपालिकाका स्वस्थ्य संयोजक लोक राज पौडेल बताए । उक्त खोप पालिकामा भित्र बस्नुहुने ४१०० बराबर लाई लगाउने लक्ष्य रहेको छ । २७ गते भित्र नै खोप लगाइसक्ने सम्योजक पौडेल बताउछन ।

यता देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य संघ लिम्बिनी प्रदेशका कोषाध्यक्ष रत्न प्रसाद श्रेष्ठले उक्त खोप कार्यक्रममा वृद्धबृद्धा हरुलाइ असहज नहोस भन्दै खोप कार्यक्रममा पानी ,बेड,माक्स र खोप कार्यक्रममा खटिने स्वास्थक्रमी हरुलाइ खाजाको बेबस्था गरिदिने साथै थप केही सहयोग चाहिए आफुले सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन । “मानव सेवा नै धर्म हो ” भन्ने भनाइ लाई सार्थकता दिन यस्तो सहयोग गरेको अध्यक्ष श्रेष्ठ बताउछन ।

प्रकाशित मिति : २०७७ फाल्गुन २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *