२०८१ जेष्ठ १५ गते मङ्गलवार

औषधि व्यवसायी संघ बाँकेको अध्यक्षमा अवस्थी चयन

बाँके, फागुन २० ।नेपाल औषधि थोक व्यवसायी संघ बाँके शाखाको अध्यक्षमा जयदेब अवस्थी चयन भएका छन् ।
संघको बुधबारको भेलाले उपाध्यक्षमा प्रदिप कुमार गुप्ता, महासचिवमा सन्तोष बाबु सुबेदी, सचिवमा रबिन्द्र हमाल र कोषाध्यक्षमा प्रभाकर श्रेष्ठ सर्वसहमतिमा चयन भएका छन् ।

संघको सदस्यहरूमा हंसराज खड्का, विनय रस्तोगी, रमण खनाल, बिकास खड्का, रामनाथ थारु र कालुराम थारुलाई चयन गरिएको छ ।

औषधि व्यवसायी संघहरुको छाता संगठन नेपाल औषधि थोक ब्यबसायी संघ केन्द्रीय समितिले देशैभर आफ्नो शाखा विस्तारलाई निरन्तरता दिदै आएको संघका केन्द्रीय अध्यक्ष शिवराज बास्कोटाले बताएका छन् । नेपाल औषधि थोक व्यवसायी संघ लुम्बिनी प्रदेश, दाङका अध्यक्ष शालिकराम आचार्यले त्यसले आफुहरु पनि उत्साहित बनेको बताए ।

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *