२०८१ मङ्सिर २७ गते बिहिवार

दंगिशरणमा पोषण सम्बन्धि गोष्ठी

तुलसीपुर, फागुन ७ । दंगीशरण गाउँपालिकामा पोषण सम्बन्धि दूई दिने गोष्ठि भएको छ । गोष्ठि समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका प्रमुख भागिराम चौधरीले स्वास्थ्य र पोषणलाई राम्रो बनाउन सकेमा मात्रै बालबालिकाको भविष्य सूनिश्चित हुने बताए ।

‘भोलिको प्रतिफल आज नै सोच्नुहोस र त्यही अनुसार योजना बनाउनुहोस,’ उनले भने ‘ बालबालिका निरोगी भएमा मात्रै देशका लागि सोचे अनुरुप योगदान गर्न सक्छन् ।’त्यस्तै गाउँपालिकाकी उपप्रमुख पिमाकुमारी खड्काले पोषण कार्यक्रम हरेक नागरिकको लागि अति आवश्यक रहेको भन्दै यसबारे हरेक घर परिवारलाई जानकारी हुन आवश्यक रहेको बताइन ।

सुनौला हजार दिनमा महिला र वालवालिकाको पोषणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिदै उप्रमुख खड्काले आगामी आर्थिक बर्षदेखि सवै विषयगत शाखाले र वडाले पोषण सुधारका लागि कार्यक्रम ल्याउन आग्रह गरिन । त्यस्तै सुआहारा कार्यक्रमका संयोजक विकास रोकायले बहु क्षेत्रीय पोषण योजना, पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति र यसको भुमिका र महत्व का वारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा दंगिशरण गाउँपालिकामा उपप्रमुख खड्कालाई पोषण दूत चयन गरिएको छ । कार्यक्रम सुआहारा बेश संस्थाको प्राविधिक सहयोगमा र गाउँपालिकाको आयोजनामा संचालन गरिएको छ।

प्रकाशित मिति : २०७७ फाल्गुन ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *