२०८१ जेष्ठ ११ गते शुक्रवार

राप्तीमा माघ ३० गतेदेखि स्वास्थ्य बिमाको फारम खोलिदै


देउखुरी माघ १९ । राप्ती गाउँपालिका क्षेत्रका नागरिकको स्वास्थ्यको बिमा गर्ने उदेश्यले अभिमुखिकरण कार्यक्रम भएको छ । भविस्यमा आइपर्न सक्ने वित्तिय र स्वास्थ्य सम्बन्धि जोखिमहरुलाई न्यूनिकरण गर्न नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम सुरु गर्न लागेको हुँदा त्यसबारे जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य बिमाको बारेमा बिमाका प्रतिनिधि नरेश चौधरीले जानकारी दिएका थिए । राप्ती गाउँपालिकामा यही माघ ३० गतेदेखि स्वास्थ्य बिमाका लागि फारम भर्र्ने तयारी गरिएको छ ।

बिमा गरेपछि कुनैपनि व्यक्तिले तोकिएको कुनैपनि सरकारी अस्पतालबाट ओपिडी सेवा, इमर्जेन्सी, ल्याब सेवा, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्ने छन । सरकारले तोकेको निशुल्क औषधी प्राप्त गर्न त्यसले सहज हुने सरोकारवालाहरुले बताएका छन् ।

तर, कष्मेटिक सर्जरी, व्यक्तिगत झैंझगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दूर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गराउनेहरुको हकमा भने निशुल्क सेवा उपलब्ध नुहेन प्राबधान राखिएको छ ।

प्रकाशित मिति : २०७७ माघ १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *