२०८१ बैशाख १९ गते बुधवार

पिसाब चुहिने समस्या छ ? यसो गर्नुहोस्

कुनै कुरामा हाँसिरहेका बेला थुप्रै महिलाहरुले एक्कासी ‘ओहो ! पिसाब चुहियो नि’ भन्‍छन् । पिसाब चुहिनुलाई ठट्टा वा हाँसोमा उडाइदिन्‍छन् । तर यो हाँस्‍ने विषय भने होइन । किनकि महिलाहरुमा हुने विभिन्‍न प्रकारका रोगहरुको साइड इफेक्टका कारण यो समस्या देखिने हुन्‍छ । जुन नजरअन्दाज गरिदिन्‍छ ।

यसले तपाईंको दैनिक क्रियाकलापमा नै प्रभाव पारिरहेको हुन्‍छ । तपाईंले सामान्य रुपमा हाँस्दा, हाच्छ्यु गर्दा वा खोक्दा पनि पिसाब चुहिनाले तपाईंलाई बाहिर जानबाट रोक्‍छ । सभा समारोहमा सामिल हुँदा पनि यस्तो समस्या देखिने डरले मानिस बाहिरै जान छोड्‌छन् । हरेक समय ट्‍वाइलेट भेटिन्‍छ भन्‍ने छैन । त्यो बेला त झनै समस्या हुन्‍छ ।

 

धेरै पटक हुने यस्ता चुहावटले तपाईंलाई मानिसको अगाडि लज्जित तुल्याउन सक्छ । यस्तो समस्या थुप्रै कारणले हुन सक्छ । मुत्रनलीमा संक्रमण हुनाले, कब्जियत हुनाले, गर्भावस्था, प्रसव, रजनोबृत्ति वा हिस्टरेक्टोमीको कारणले वा न्यूरोलोजिकल डिसअर्डरका कारणले यस्ता समस्या निम्त्याउन सक्छ ।

– यदि तपाईंलाई पिसाब गर्न मन भयो भने तपाईंले केही समय रोक्ने प्रयास गर्नुस् । धेरै समय रोक्नाले स्वास्थ्यमा समस्या हुन सक्छ । त्यसैले केही समय रोक्ने प्रयास गरेपछि मात्रै पिसाब फेर्न सकिन्‍छ ।

– ट्‍वाइलेटमा तपाईंले पिसाब फेरिसकेपछि उठेर गइहाल्ने बानी हुन्‍छ । यसरी नगइहाल्नुस् । केही समय कुरेर बाँकी भएका पिसाब पुरै खाली गर्ने कोशिस गर्नुहोस् ।
– हामीमध्ये धेरैलाई पिसाबले च्यापेपछि मात्रै ट्वाइलेट जाने बानी हुन्‍छ । यस्तो नगर्नुहोस् । दुई वा चार घण्टाको फरकमा ट्वाइलेट गइरहनुहोस् ।
– पिसाब चुहिने समस्या भएकाहरुले तरल पदार्थ खान रोक्न सक्छन् । तर यसको लागि तपाईंले रोक्न भन्दा पनि त्यसलाई व्यवस्थापन गर्न जान्‍नुपर्छ ।
– पेल्विक फ्लोर व्यायाम (कम्मर भित्रको मांशपेशी व्यायाम) गर्न सकिन्‍छ ।
– डाक्टरको सल्लाह अनुसार विभिन्‍न औषधीहरु प्रयोग गर्न सकिन्‍छ ।
– यदि समस्या रोकिएन भने प्याड, प्रोटेक्टिभ गार्मेन्ट्स लगायत विभिन्‍न उपायहरु अपनाउन सकिन्‍छ ।

ह्याकन्स्याक मेरिडियन हेल्थकी युरोगाइनाकोलोजिस्ट निना भाटिया (एमडी)का अनुसार यस्ता समस्याबाट बच्‍ने थुप्रै उपायहरु छन् । यदि तपाईंलाई यो समस्या छ भने सुरुमा तपाईंले युरोलोजिस्ट वा युरोगाइनोकोलोजिस्टलाई सम्पर्क गर्नुहोस् । तपाईंलाई किन यस्तो समस्या भइरहेको छ भनेर थाहा पाएपछि नै यो समस्याको उपाय अपनाउन सहज हुन्‍छ । युरोलोजिस्ट वा युरोगाइनोकोलोजिस्टले तपाईंको समस्यामा कस्तो प्रकारको उपचार सुहाँउछ भनेर सल्लाह पनि दिन सक्छन् ।

‘यो रोक्ने नसकिने समस्या होइन,’ उनी भन्‍छिन्, ‘यस समस्याबाट छुटकारा पाउन थुप्रै उपाय छन् । मानिसले जीवनशैलीमा परिवर्तन गरेर, खानपानमा सन्तुलन मिलाएर वा थेरापी वा व्यायाम गरेर पनि यो रोक्न सकिन्‍छ । यदि यस विधिहरुबाट पनि रोकिएन भने चाहिँ सर्जिकल वा गैर सर्जिकल विधिहरु अपनाएर रोक्न सकिन्‍छ ।’ युरोगाइनाकोलोजिस्ट निनाले केही उपायहरु पनि बताएकी छन् ।

 

एजेन्सी ।

प्रकाशित मिति : २०७७ पुष २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *