
कपुरकोट, कार्तिक २८ ।सल्यानको कपुरकोटमा सुरक्षित गर्भपतन सम्बन्धि सचेतना मुलक कार्यक्रम गरिएको छ । महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्यकर्मी र स्थानीय युवा युवतीका बीचमा शुक्रबार अभिमुखिकरण कार्यक्रम गरिएको हो ।कपुरकोट गाउँपालिकाको समन्वय र भिजिबल इम्प्याक्ट नामक संस्थाको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा हेल्थ असिस्टेन्ट चरित्र उपाध्यायले महिलाको इच्छा विपरित, जवरजस्ति गरिने गर्भपतन गराउनु कानुनको बर्खिलाप भएको बताए ।त्यसका लागि मान्यताप्राप्त स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी अनिवार्य रहेको उनले जानकारी दिए । लिंग पहिचान गरी र कानुनी मापदण्ड वाहिर रहेर गर्भपतन गराए सजाएको भागिदार हुनुपर्ने उनले अबगत गराए ।
कार्यक्रममा कपुरकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण दाहालले असुरक्षित गर्भपतनको अवस्था आउन नदिनका लागि परिवार नियोजनका साधनहरुको पहुँच मा वृद्धि गर्नुपर्नेमा जोड दिए ।
नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ । तर जबरजस्ती करणी र हाडनाता करणीबाट रहन गएको २८ हप्ता सम्मको गर्भ सुरक्षित तरिकाले गर्भ पतन गर्न पाउने ब्यवस्था रहेको छ । सन २००२ मा नेपालमा गर्भपतनले कानुनी रुपमा मान्यता पाएको हो । कार्यक्रमको सहजीकरण शंकर केसीले गरेका हुन ।
