२०८१ माघ ९ गते बुधवार

नेपालमा संक्रमितको संख्या अलिअलि बढ्दैमा चिन्ता गर्नु पर्दैन : डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
कोरोना संक्रमितको संख्या बढ्दै जाँदा नेपालमा पनि डर, त्रास तथा असुरक्षाको बादल मडारिएको छ । अहिलेसम्मको अध्ययन तथा अनुसन्धान विश्लेषण गर्ने हो भने हामी सतर्क र सजगता अपनाएमा बिकराल स्थिति आउंदैन ।

– विश्वमा हाल २२ लाख ७५ हजार ७ सय ८९ जना कोरोना भाइरसबाट संक्रमित हुँदा नेपालमा ३० जना मात्र संक्रमित हुनुलाई डरको बिषय मान्नुपर्दैन।

– विश्वमा १ लाख ५६हजार १ सय ४ जनाको कोरोना संक्रमणबाट मृत्यु हुँदा नेपालमा यो रोगबाट १ जनाको पनि मृत्यु भएको छैन ।

– हाम्रो देशमा देखिएको कोरोना संक्रमण अरु देशभन्दा फरक छ । सामान्यतया अन्य देशमा ठूलो ज्वरो, लहरे सुख्खा खोकी, सास फेर्न गाह्रो, पखाला आदि लक्षण देखिएपछि अस्पताल जाने, टेस्ट गर्ने अभ्यास छ। हाम्रो देशमा देखिएका १ जना बाहेक सबै बिरामी बाहिरबाट आएका, संक्रमण भएको धेरै दिन भएका तर लक्षण नदेखिएका हुन् । उनीहरु बिरामी भएर अस्पताल गएका हैनन् । उनीहरुलाई सरकारले खोजेर वा सूचना पाएर जांच गर्दा पोजिटिभ देखिएका हुन् । ती ३० जनामा झन्डै आधा त भारतीय नागरिक हुन् ।

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

– ३० जना संक्रमित मध्ये ३ जना निको भइसकेका छन् । बाँकी संक्रमित अस्पतालको आइसोलेसन वार्डमा छन् । उनीहरुले भनिरहेका छन् – हामीलाई केहि पनि गाह्रो भएको छैन। त्यस्तै १ जना पनि गम्भीर भएर आइसीयु वा भेन्टिलेटरमा जानु परेको छैन ।

– अरु देशमा अचानक बिरामी हुने, लक्षण फटाफट बढ्ने, अस्पताल जाने, आइसीयु भर्ना हुने जस्ता घटना भइरहेका छन् । हामीकहाँ बाहिरबाट नेपाल आएको १ महिना पुरा हुँदा पनि टेस्टमा पोजिटिभ देखिएको छ । तर लक्षण देखिएको छैन । यसको मतलब उनीहरुमा ‘ सक्रिय संक्रमण ‘ छैन।

– यी तथ्यबाट के बुझिन्छ भने या कोरोना भाइरस Mutation हुँदै गर्दा हामीकहाँ कमजोर Strain वाला देखिएको छ वा हाम्रो हावापानी, खानपिन, रहनसहन आदिले गर्दा हाम्रो इम्युनिटी पावर धेरै छ । यो अनुसन्धानको बिषय हो ।

– भारत लगायत दक्षिण एसियामा फैलिएको भाइरस समेत कमजोर देखिएको छ । अहिलेसम्म भारतमा १४ हजार ७ सय ९२ जना संक्रमित हुँदा मृतकको संख्या ४८८ मात्र छ। दक्षिण एसियाका अन्य देशमा संक्रमण एकदम सुस्त गतिमा छ ।

– लकडाउनको पूर्ण पालना तथा नेपालले गरेको भन्दा २ हप्ता पहिले बोर्डर शिल एबम एयरपोर्ट बन्द गरेको भए हामीकहाँ एउटा मात्र संक्रमितकेस हुने रहेछ ।

– घना बस्ती रहेको काठमाडौं उपत्याका, बुटवल, पोखरा, बिराटनगर, नेपालगंज लगायत ठाउँमा कोरोना संक्रमण नफैलिनु निकै सुखद कुरा हो । त्यस्तै कुपोषण, अशिक्षा, सरसफाइमा कमी, गुजुप्प बस्ती रहेका ठाउँ पनि अहिलेसम्म संक्रमित देखिएका छैनन् ।

– सरकारले टेस्ट नगरेर यस्तो देखिएको हो भनेर भन्न मिल्दैन। कोरोना संक्रमण बढेको भए सिकिस्त हुने वा मृत्यु हुनेको संख्या पनि बढ्ने थियो । नियमित जन्म र मृत्यु त भइरहेका थिए, छन् ।

– यदि सरकारले न्यून आय भएका व्यक्तिलाई पुग्दो राहत दियो भने, लकडाउनलाई अझै कडा गर्यो भने र बोर्डरलाई अझै कडा रुपमा शिल गर्यो भने नेपालमा यसको प्रकोप फैलिने कडी थप कमजोर बन्नेछ ।

सतर्क रहौं, शंकास्पद व्यक्ति कतै देखिएमा प्रहरीलाई खबर गरौँ । मन बलियो बनाऔं शरीर गाडी हो भने म ड्राइभर। ड्राइभर सचेत र परिपक्व भयो भने दुर्घटना हुँदैन । डा. रबिन्द्र पाण्डे को फेसबुकबाट साभार गरिएको हो ।

प्रकाशित मिति : २०७७ बैशाख ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *