
तुलसीपुर, चैत १९ । बिश्वब्यापी महामारी फैलिएको कोरोना भाइरस विरुद्ध जनचेतना फैलाउदै तुलसीपुर ११ नम्बर वडा कार्यालयले मास्क वितरण शुरु गरेको छ । वडा कार्यालयले आफ्नै लगानिमा मास्क वितरण शुरु गरेको वडा सदस्य सुबास डाँगीले जानकारी दिएका छन् ।
पहिलो चरणमा ६० बर्ष माथिका जेष्ठ नागरिकलाई करिब ३ हजार मास्क वितरण गरिएको डाँगीले बताए । दोस्रो चरणमा अन्य उमेर समुहका ब्यक्तिहरुलाई वितरण गर्ने लक्ष्य राखिएको छ । टोल बिकास संस्थाको सहकार्यमा घर घरमा पुगेर मास्क वितरण गर्न शुरु गरिएको छ ।
प्रकाशित मिति : २०७६ चैत्र १९ गते बुधवार