२०८१ बैशाख ७ गते शुक्रवार

किन बढ्छ अचानक मुटुको चाल ?

मुटुको धड्कन छिटो-छिटो भयो भने वा अस्वभाविक धिमा भयो भने त्यसलाई राम्रो मानिदैन । यसले गंभिर रोगको संकेत गर्छ । मुटुको चालमा गडबडी भएमा त्यसले फोक्सो, कलेजो, मिर्गौला, मस्तिष्कलाई समेत प्रभावित बनाउँन सक्छ ।

सामान्य अवस्थमा मुटुको धड्कन रेट ६०-९० प्रति मिनेट हुन्छ । यदि हार्ट रेट बढेर १०० बिट्स प्रति मिनेटभन्दा बढी भएमा त्यसलाई सामान्य मान्न सकिदैन ।

यदि हामी मुटुका रोगी छौ भने मुटुको विद्युतिय प्रणाली प्रभावित हुन्छ र धड्कन तिब्र हुन्छ । यदि सामान्य अवस्थाका व्यक्ति छौं भने विद्युतिय संकेतमा खराबी भएर टेककार्डियाको समस्या भएको हुनसक्छ ।

इनएप्रोप्रीएट साइनस टेककार्डिया

यो मुटु सम्बन्धित एक समस्या हो । टेककार्डिया, शरीरको सामान्य प्रतिक्रियाको हिस्सा हुनसक्छ । अक्सर चिन्ता, ज्वरो वा रक्तश्राव आदिको अवस्थामा मुटुको गति बढ्छ । अन्या अवस्थामा मुटुको चाल तिब्र भयो भने त्यसले थाइराइड वा हाइपरथाइराइडिज्मको संकेत गर्छ । कहिले काहिँ निमोनिया हुँदा सास फेर्न समस्या हुन्छ, त्यसबेला पनि मुटुको चाल तिब्र हुन्छ ।

रोगको लक्षण

टेककार्डिया साइनस र नन साइनस दुई प्रकारको हुन्छ । साइनस टेककार्डिया एप्रोप्रीऐट साइनस टेककार्डिया र इनएप्रोप्रोएट साइनस टेककार्डिया दुई प्रकारको हुन्छ ।

यस्तो समस्यामा मुटुको चाल तिब्र हुने, छाती दुख्ने, थकान अनुभव हुने, पसिना आउने लक्षण देखापर्छ ।

रोगको उपचार

आइएसटीका रोगीले शारीरिक श्रम गर्नु हुँदैन । इनएप्रोप्रीएट साइनस टेककार्डिया लामो समयसम्म रहने समस्या हो । यसैले यसको उपचार क्रमिक रुपमा गर्नुपर्ने हुन्छ । आइएसटीको उपचार औषधी वा ओपन हार्ट सर्जरीद्वारा गर्न सकिन्छ । तर, ओपन हार्ट सर्जरीको अवस्था त्यती आएको देखिदैन । चिकित्सकले औषधीद्वारा नै यसको उपचार गर्दै आएका छन् ।

यदि इनएप्रोप्रीएट साइनस टेककार्डियाको कुनै लक्षण आफ्नो शरीरमा लगातार २४ घण्टासम्म रहेमा शरीरको चेकजाँच गराउनुपर्छ । चिकित्सकको परामर्श लिनैपर्छ ।

 

 

साभारः अनलाइनखबर

 

 

 

प्रकाशित मिति : २०७६ फाल्गुन ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *