२०८१ चैत्र ९ गते शनिवार

कुटिचौरमा निशुल्क आँखा शिविर


कुटिचौर,मंसिर २१ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १९ को कुटिचौरमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । नेपाल नेत्रज्योति संघ र राप्ती आँखा अस्पतालको सहयोग तथा नवजागरण मावि कुटिचौरको व्यवस्थापनमा आँखा शिविर सञ्चालन गरिएको हो ।

जहाँ ३ सय वढी स्थानीयले आँखा चेकजाँच गराएको नेत्र सहायक रोहित कठायकले जानकारी दिए । सो अवसरमा विरामीहरुलाई निशुल्क रुपमा चश्मा र औषधी समेत उपलब्ध गराइएको उनले बताए ।

चेकजाँचका क्रममा २७ जना मोतियाविन्दुका विरामी फेला परेको तथा उनीहरुको निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले राप्ती आँखा अस्पतालको सहयोगमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गर्दै आएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *