के तपाईं खाली समयमा गीत सुन्न मन पराउनुहुन्छ रु यदि गीत-संगीत सुन्नुहुन्छ भने यसले तपाईंको मुड ठीक गर्नुको साथ-साथै मुटुलाई पनि स्वास्थ राख्न सहयोग गर्छ । गीत-संगीतले हाम्रो जीवनमा धेरै प्रभाव पार्छ । यसले हाम्रो दिमाग तेजिलो र तीक्ष्ण हुन्छ । तपाइर्ंले धेरै कथाहरुमा सुन्नु भएको होला रुख-विरुवा हल्लिँदा, जीव-जन्तु बोल्दा, हावा चल्दा आदिमा पनि मधुर गीत-संगीतलाई महसुस गर्न सकिन्छ । हरेक व्यक्ति चाहे त्यो बच्चा होस् कि युवा अथवा वृद्ध आफ्नो इच्छा अनुसार गीत-संगीत सुन्न रुचाउँछन् ।
गीत-संगीतले हाम्रो स्वास्थ्यलाई पनि धेरै प्रभावित गर्छ । जब हामी आफ्नो मन पर्ने गीत सुन्छौं, तब हाम्रो दिमागबाट एक किसिमको रसायनको श्राव हुन्छ । जसलाई डोपामाइन भनिन्छ । त्यसले हाम्रो मानसिकतालाई सकारात्मक बनाउन सहयोग पुर्याउँछ र हाम्रो भावनाहरुलाई पनि बलियो बनाउँछ । यस बाहेक पनि गीत सुन्नुको धेरै फाइदाहरु हुन्छ । ती फाइदहरु यस प्रकार छन् ।
गीत-संगीतले खुशी राख्छ
जब हामी कुनै राम्रो गीत सुनिरहेका हुन्छौं । त्यस समयमा हाम्रो दिमागले डोपामाइन रिलिज गर्न थाल्छ । यसलाई हृयापी हार्मोन पनि भनिन्छ । हृयापी हार्मोन खुशी र एक्साइटमेन बढाउनका लागि धेरै प्रभावकारी हुन्छ । त्यसैले जब हामी कुनै राम्रो गीत सुन्छौं, हाम्रो मानसिकता परिर्वतन हुन्छ र हामी भित्रबाट नै खुशी भएको अनुभव गर्न थाल्छौं ।
मुटुलाई स्वस्थ राख्छ
जुन व्यक्तिलाई मुटु सम्बन्धी धेरै किसिमको रोगहरु लागेको छ । उनीहरुले धेरै गीत सुन्नुपर्छ । एउटा अध्ययन अनुसार जब हामी आफूलाई मन पर्ने गीत सुन्छौं । त्यस समयमा हाम्रो दिमागबाट एन्डाफिर्न नामक हार्मोन निस्कन्छ । यो हार्मोन मुटु सम्बन्धी समस्याहरुबाट मुक्ति पाउनका लागि सहयोगी हुन्छन् ।
दिमागलाई ताजा राख्नुपर्छ
एउटा अध्ययनका अनुसार गीत-संगीतले दिमागलाई सधैं स्वस्थ बनाई राख्छ । शोध अनुसार गीत सुन्नु दिमागको व्यायाम जस्तै हुन्छ ।
रोग प्रतिरोधक क्षमतालाई बलियो बनाउँछ
रोग प्रतिरोधक क्षमतालाई दुरुस्त राख्नको लागि गीत सुन्नु अति आवश्यक हुन्छ । यसले शरीरमा स्ट्रेस हार्मोनको श्रावलाई कम गर्छ । जुन रोग प्रतिरोधक क्षमतालाई कमजोर गर्नको लागि जिम्मेदार हुन्छ ।
चिन्तालाई टाढा राख्छ
गीतले चिन्तालाई टाढा गर्छ र सही मानसिकताको लागि धेरै प्रभावकारी सावित हुनसक्छ । एउटा अध्ययन अनुसार हाम्रो मानसिकता र जीवनको गुणमा गीत संगीतको धेरै सकारात्मक प्रभाव पर्छ ।