दाङ, साउन २८ ।
प्यूठानमा पाँच जनाको शब फेला परेको छ ।
स्वर्गद्धारीमा चार वटा र माण्डपीमा एक जना गरि पाँच जनाको शब फेला परेका हुन ।
बिभिन्न ठाउँमा फेला परेका शब बारे अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी नरहरी अधिकारीका अनुसार बिहीबार बिहान १० बजेपछि जिल्लाको माण्डपी गाउँपालिका – ५ स्थित अर्थौसस्थित खोला किनारमा थप एक जना पुरुषको शब फेला परेको थियो ।
बिहान साढे ७ बजेतिर जिल्लाको स्वर्गद्धारी नगरपालिका – ९ जुडापाटास्थित माडी खोला किनारमा अन्दाजी १३ बर्षीय बालक, को शब फेला परेको थियो ।
त्यसपछि स्वर्गद्धारी– ३ किमिचौरस्थित माडी खोलाको किनारमा डाढ भन्दा भन्दा माथिको भाग मात्र रहेको एक जना पुरुषको शब फेला परेको थियो । त्यस्तै स्वर्गद्धारी–४ गोठीबाङस्थित माडी खोलाको किनारमा थप एक जना महिलाको शब फेला परेको थियो । बिहान साढे ९ बजेतिर स्वर्गद्धारी–५ सरोजास्थित लुङग्री खोलाको किनारमा टाउँको खप्पर नभएको र बायाँ खुट्टाको घुँडा देखि तलतिरको भाग नभएको अर्कौ एक महिलाको शबपनि फेला परेको प्रहरीले जनाएको छ ।
प्यूठानका बिभिन्न खोलाहरुमा फेला परेका शबहरु थवाङको पहिरो पछि बाढीले बगाएर ल्याएको हुन सक्ने अनुमान गरिएको डिएसपी अधिकारीले बताए ।
