२०८२ असार ६ गते शनिवार

नेपालमा पनि ‘प्रेमगीत– ३’ हिन्दीमा रिलिज हुने

काठमाडौँ ,भदौ २७ । चलचित्र ‘प्रेमगीत–३’ हिन्दीमा पनि रिलिज हुने भएको छ।

चलचित्र असोज ७ गते नेपाली भाषामा रिलिज हुँदैछ। सोही दिन नै हिन्दीमा पनि रिलिज हुने भएको हो।

यसभन्दा पहिला चलचित्र हिन्दीमा रिलिज हुने कि नहुने भनी दुविधा थियो।

नेपाली वितरकसँग हिन्दीमा पनि चलचित्र प्रदर्शन गर्नका लागि सहमति भइसकेको चलचित्र निर्माणस्रोतले जनाएको छ।

चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनील थापा, मनिष राउत, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ।

चलचित्रको निर्देशक छेतेन गुरुङ र सन्तोष सेन हुन्।

प्रकाशित मिति : २०७९ भाद्र २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *