२०८१ बैशाख १५ गते शनिवार

नायिका नीताले बनाउने भइन ‘श्रीमद्धभागवद् गीता’ वेव सिरिज

काठमाडौं, चैत २२ । नायिका नीता ढुंगानाले नया वेव सिरिज निर्माण तथा निर्देशन गर्न लागेकि छिन । उनले निर्माण तथा निर्देशन गर्न लागेको वेव सिरिज ‘श्रीमद्धभागवद् गीता’को एक कार्यक्रम आयोजना गरि घोषणा गरिएको छ । नीता फिल्मस्को दोश्रो प्रस्तुतिको रुपमा निर्माण हुन लागेको यो वेव सिरिजमा शित्तल गिरीको शब्द, पुष्पन प्रधानको संगीत तथा स्वर रहनेछ ।

उक्त कार्यक्रममा बोल्दै नायिका ढुंगानाले नेपालमा पहिलो पटक बन्न लागेको ‘श्रीमद्धभागवद् गीता’को सिरिजमा महाभारतको कृष्ण र अर्जुनको पाटो मात्र समावेश हुने बताइन् । यस्तै गीतामा रहेको ७०० श्लोकबाट ४५ भागको सिरिज निर्माण हुने बताइन । यस वेव सिरिजमा कोरियोग्राफी रामजी लामिछानेले गर्नेछन् भने वनिष शाह यसका सम्पादक हुन् ।

प्रकाशित मिति : २०७७ चैत्र २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *