२०८१ बैशाख ७ गते शुक्रवार

‘आर आर आर’को फर्स्टलुक सार्वजनिक

चैत्र २०। बलिउडका चर्चित अभिनेता अजय देवगनको नया चलचित्र  ‘आरआरआर’ को फर्स्टलुक सार्वजनिक भएको छ । एसएस राजामौलीको निर्देशनमा बनिरहेको चलचित्र  ‘आर आर आर’को सामाजिक सञ्जालमा पोस्टर सार्वजनिक गरिएको छ । अभिनेता देवगनको जन्मदिन पारेर  चलचित्रको मोसन पोस्टर सार्बजनिक गरिएको हो ।

सार्बजनिक भएको चलचित्रको मोसन पोस्टरमा अजय देवगनलाई एक योद्धाको भुमिकामा देख्न सकिन्छ । पहिलो पटक अजयले तेलुगू फिल्ममा अभिनय गरेका हुन् । फिल्ममा अजय, राम चरण, जूनियर एनटीआर, आलिया भट्ट र श्रिया सरनको मुख्य भूमिका छ ।

यो  चलचित्रको नर्थ इन्डिया राइट्स ४७५ करोडमा विक्री भइसकेको भारतिय मिडियाले जनाएका छन् । यो फिल्म आगामी १३ अक्टोबरमा रिलिज गर्ने तयारी निर्माण पक्षको रहेको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *