२०८१ जेष्ठ ११ गते शुक्रवार

भाद्र १८ गतेदेखि ‘ए मेरो हजुर ४’ प्रदर्शन हुँने

काठमाडौं, फागुन २५। झरना थापाले निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर ४’ प्रदर्शन हुने भएको छ । निर्देशक तथा अभिनेत्री झरना थापाले सोमबार आफ्नो फेसबुकबाट सार्वजनिक गरेकी हुन्। चलचित्र भाद्र १८ (२०७८) मा प्रदर्शन हुने भएको हो ।

झरनाले फेसबुकमा फिल्मको पोस्टर सेयर गर्दै उनले लेखेकी छन्, ‘१११औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना। हाम्रो चलचित्र ‘ए मेरो हजुर ४’ भाद्र १८ (२०७८) मा प्रदर्शन हुँदैछ। सदाझैं हजुरहरूको साथ र सहयोगको अपेक्षा राख्छु।’

चलचित्रमा नायक अनमोल के.सी र नायिका सुहाना थापा,सलोन बस्नेत लगाएतको अभिनय देख्न सकिन्छ। सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा फिल्म बनेको हो। यसमा झरना थापा र छेतेन गुरूङको कथा छ।

१११औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना ? हाम्रो चलचित्र ए मेरो हजुर-४ भाद्र १८ (२०७८) मा प्रदर्शन हुदैछ ।सदाझै हजुरहरुको साथ र सहयोगको अपेक्षा राख्दछु ।। ??❤️

Posted by Jharana Thapa on Monday, March 8, 2021

 

प्रकाशित मिति : २०७७ फाल्गुन २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *