
दाङ, फागुन २१ । गायक पोषण डाँगीको नया गीत सार्बजनिक भएको छ । करिब तिन दर्जन बढी गीतहरु बजारमा ल्याइसकेका डाँगीले आफ्नै शब्द, संगीत र स्वरमा रहेको ‘सम्बन्धमा शंका’ बोलको गीत आज सार्बजनिक भएको हो । उक्त गीतमा स्वर सम्झना भण्डारी र पोषण डाँगीको रहेको छ ।
उक्त गीतको म्युजिक भिडियोमा शेर जि, सारिका केसी,राजन छडीयाल,पुरुषोत्तम लगायतको अभिनय रहेको छ । भिडियोलाई शुशील डाँगीले खिचेका हुन् भने निराजन केसीले सम्पादन गरेका छन। भिडियोलाई निर्देशन शेर बहादुर डिसीले गरेका छन ।
प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते शुक्रवार