२०८३ साउन १० गते आइतवार

तुलसीपुरमा तिज रमझम कार्यक्रमको तयारी पुरा


दाङ, भदौ ५ । दाङको तुलसिपुरमा तिज रामझम कार्यक्रम हुने भएको छ । मिडिया नेपाल दाङको आयोजनामा अरणिको मैदानमा भदौ ६ र ७ गते तिज रमझम कार्यक्रम हुन लागेको छ ।  २ दिन सम्म चल्ने तिज रमझम कार्यक्रमको तयारी पुरा भएको मिडिया नेपाल दाङका अध्यक्ष तेज वलीले जानकारी दिए ।

उक्त  कार्यक्रममा स्थानीय तथा राष्ट्रिय ख्याति प्राप्त कलाकार दुर्गेस थापा, चन्द्र शर्मा , टीका सानू, यज्ञ बिक, विशाल राईमाझि लगायतको प्रस्तुती रहेने अध्यक्ष वलीले जानकारी दिए ।

आयोजकाले सामाजिक उत्तरदायित्व बहन गर्दै दृष्टि बिहिन परिवारलाई समेत सहयोग गर्ने भनी सञ्चालन गर्न लागेको हो । आयोजकले कार्यक्रमबाट उठेको रकम मध्य दस प्रतिसत रकम हाल रक्षाचौरमा रहेका एउटै परिवारका पाच जना दृष्टिबिहिन रुपा गन्दर्भ परिवारलाई सहयोग गर्ने लक्ष्य रहेको वलीले जाकारी दिए ।

प्रकाशित मिति : २०७६ भाद्र ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *