२०८१ बैशाख ६ गते बिहिवार

व्यवसायिहरुलाइ कर सम्वन्धी प्रशिक्षण


दाङ, ११ साउन ।दाङ जिल्ला उद्योग वाणिज्य संघले उद्योगि तथा व्यवसायिहरु लाई कर सम्वन्धी प्रशिक्षण दिएको छ । संघले सरकारले भरखरै मात्र लागु गरेको कर निती, उद्योगि तथा व्यवसायिहरुले गर्नु पर्ने कार्य, हिसाव किताव कसरी राख्ने, व्यवसायिहरु लाइ पर्ने समस्या समाधानका उपाय लगाएतका वारेमा प्रशिक्षण दिएको हो ।

प्रशिक्षण कार्यक्रममा संघ अन्र्तगतका वस्तुगत समितीका नेतृत्व एवम सदस्यहरु,उद्योगी तथा व्यवसायिहरु समेतको सह भागिता रहेको थियो । व्यवसायिहरुको माग अनुसार संघले तालिम तथा अन्य विभिन्न कार्यक्रम गदै आएको संघका अध्यक्ष नारायण प्रसाद भुसालले जानकारी दिए । आउदा दिनका पनि यस प्रकारका कार्य लाइ निरन्तरता दिइने उनको भनाइ रहेको छ । प्रशिक्षण कार्यक्रमको प्रशिक्षकमा थमन अधिकारी रहेका थिए ।

कार्यक्रममा सहभागिहरुले राज्यले व्यवसायिहरु लाइ विभिन्न वाहानामा दुख दिने गरेको गुनासो गरेका थिए । उनीहरुले राज्यले व्यवसायि गर्ने वातावरण समेत सृजना गर्ने नसकेको बताएका थिए । अहिले सरकारले लिएको निती निजी क्षेत्रको सहमती विना लिएको भन्दै यस लाइ सच्चाउनु पर्ने बताएका थिए । कार्यक्रम संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य धुव्रराज श्रेष्ठ (भारी )को प्रमुख आतिथ्यता एवम नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नं ५ का उपाध्यक्ष हेमराज वन्जाडेको विशिष्ट आतिथ्यतामा भएको थियो ।

संघका वाणिज्य उपाध्यक्ष टंकसिह वुढाथोकीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा सहभागिलाइ धन्यावाद ज्ञापन उद्योग उपाध्यक्ष वसन्त जोसीले गरेका थिए । भने कार्यक्रमको सहजिकरण संघका महासचिव नरेश कार्कीले गरेका थिए ।

प्रकाशित मिति : २०७६ साउन ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *