२०८३ साउन २८ गते बिहिवार

खाद्यं सस्थान तुलसीपुरमा चामलको कोटा र बिक्री दुबै घट्यो


यमकला भुसाल,
तुलसीपुर , साउन ६ । नेपाल खाद्यं सस्थान अञ्चल कार्यालय तुलसीपुरले १ वर्षको अवधिमा झण्डै ७ हजार क्वीन्टल चामल ढुवानी गरेको छ । गएको आर्थिक वर्ष २०७५÷०७६ को साउन महिना देखि असार मसान्त सम्ममा ६ हजार ९ सय ५६.४ क्वीन्टल चामल ढुवानी भएको कार्यालयका प्रमुख माधव मिश्रले जानकारी दिए ।

उनका अनुसार जिल्लाका विभिन्न स्थानमा पठाउने गरि कार्यालयमा ७ हजार ५ सय १४.१० क्वीन्टल चामल रहेको थियो । यस्तै कार्यालयमा आर्थिक वर्ष २०७४÷०७५को २ हजार ४सय ४८.५२ क्वीन्टल चामल बांकी रहेको थियो ।

जस अन्तर्गत ०७५÷०७६ मा पश्चिम रुकुमका लागी ७ सय क्वीन्टल चामल कोटा रहेकोमा ५ सय क्वीन्टल मात्रै ढुवानी भएको र बांकी २ सय क्वीन्टल चामल ढुवानी हुन नसकेको कार्यालय प्रमुख मिश्रले जानकारी दिनुभयो । त्यस्तै गरि पुर्वी रुकुमका लागी १५ सय क्वीन्टल चामल कोटा रहेकोमा १ सय ७०.१० क्वीन्टल मात्रै चामल ढुवानी उनको भनाई छ ।

त्यसैगरि डोल्पाको दुनैमा २ हजार क्वीन्टल चामल कोटा रहेकोमा १ हजार ६ सय ३३.२० क्वीन्टल,डोल्पाकै जुफालमा १ हजार क्वीन्टल कोटा रहेकोमा सबै ढुवानी भएको,डोल्पाकै सर्मीमा १ हजार र डोल्पाकै लिकुमा १ हजार क्वीन्टल चामल कोटा रहेकोमा ६ सय ८०.४ क्वीन्टल चामल मात्रै ढुवानी गर्न सकिएको कार्यालय प्रमुख मिश्रले जानकारी दिए ।

उनका अनुसार जिल्लामै खुद्रा बिक्रिबाट ३७.५० क्वीन्टल र सौलियतबाट ८९.३५ क्वीन्टल चामल बिक्री भएको छ । यसैगरि तुलसीपुर,घोराही,प्युठान र सल्यान गरि ४ कारागारमा १ वर्षमा १ हजार ८ सय ४५ क्वीन्टल ९९ सय केजी चामल विक्रि गरिएको उनको भनाई छ ।

कार्यालयको तथ्याङ्क अनुसार वर्षे पिच्छे कम चामल निर्यात हुदै आएको छ । यस वर्ष खाद्य सस्थानमा ३ हजार ६ सय क्वीन्टल ५७ केजी चामल बिक्री हुन बाँकी छ ।

विगतका वर्षमा पहाडी तथा हिमाली जिल्लामा सडक बाटोको सुविधा नहुदाँ सस्थानले ढुवानी गरेको चामल स्थानीय उपभोत्ताले उपभोग गर्दथे तर अहिले सडकबाटो विस्तार भएकाले उपभोत्ताहरुले बजारको चामल वढी उपभोग गर्ने हुदाँ खाद्य सस्थानबाट कम चामल निर्यात हुन लागेको प्रमुख मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले कार्यालयमा लहान,भैरहवा,विरगञ्ज,नेपालगञ्ज र बर्दियाको राजापुरबाट सोनामन्सुली,जापानी,जिरामसिनो र मोटा चामल आर्यात हुदै आएको छ ।

यसैगरि कार्यालयमा सरकारले दिएको १ करोड १३ लाख ३७ हजार ६ सय ३४ रुपैया ६० पैसा मध्ये तुलसीपुरदेखि पुर्वी रुकुम सम्मका लागी प्रतिकिलो ६ सय २१ रुपैया,पश्चिम रुकुमका लागी ४ सय रुपैया,डोल्पाको दुनैका लागी प्रतिकेजि २ हजार २ सय ७५ रुपैया,डोल्पाकै लिकुका लागी प्रतिकेजि २ हजार ३ सय ९५ रुपैया डोल्पाकै जुफालबा लागी प्रतिकेजि २ हजार ३ सय २५ रुपैया र पुर्वी रुकुमका लागी प्रतिकेजि २ हजार ४ सय ९९ रुपैयाका दरले ढुवानी खर्च दिइएको कार्यालय प्रमुख मिश्रले जानकारी दिए ।

यसैबिच आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागी पनि टेण्डर आह्वान गरिसकिएको कार्यालय प्रमुख मिश्रले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ साउन ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *