
झुपु बुढा क्षेत्री,
हापुरे, साउन १ । छिमेक लघुबित्त बित्तिय सस्था लिमेटेडको १३५औं शाखा बबई गाउँपालिकाको पञ्चकुलेमा खुलेको छ । बुधवार एक औपचारिक कार्यक्रमको बीच शाखाको उद्घाटन गरिएको हो ।
‘ग्रामिन बिकासको आधार लघुबित्तको गुणात्मक बिस्तार’ भन्ने मुल नाराका साथ उस्ले शाखा विस्तार गरेको बताएको छ । सञ्तोशानन्द चौधरीको अध्यक्षता र बबई गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष रामबहादुर डाँगीको प्रमुख आथित्यमा शाखा उद्घाटन कार्यक्रम भएको हो।
कार्यक्रमको विशिष्ट अतिथिमा भने वित्तिय संस्थाका तुलसीपुर शाखा प्रमुख ऋषिबाबु देवकोटा थिए । कार्यक्रमका बक्ताहरुले ग्रामिण क्षेत्रका जनतालाई सेवा प्रवाह गर्ने उदेश्यका साथ संस्था पञ्चकुलेमा स्थापना गरिएको बताएका थिए । ‘शाखा खोल्नुको उदेश्य नाफा कमाउनु मात्रै हैन, जनताको सेवा गर्नुपनि हो,’– प्रमुख अतिथि डाँगीले भने । अन्य बक्ताहरुले पनि सेवाभावले कामगर्न आग्रह गरेका थिए ।
