काठमाडौँ ,माघ १० । सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य घटेको हो ।
बुधबार सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार सुन प्रति तोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएकामा बिहीबार १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार