२०८१ फाल्गुन ७ गते बुधवार

बढ्यो सुनको मुल्य,आज कतिमा हुँदैछ कारोबार ?


दाङ,माघ ४ । नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य बढेको छ।

गत बुधबारदेखि बढ्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो।

बुधबार प्रतितोला चार सय रूपैयाँ, बिहीबार प्रतितोला एक हजार दुई सय रूपैयाँ र शुक्रबार प्रतितोला एक हजार तीन सय रूपैयाँ गरी यो तीन दिनमा सुनको भाउ प्रतितोला दुई हजार नौ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५७ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५६ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय ८० रूपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २०८१ माघ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *