
असार ६ । शुक्रबारका छापावाल सुनको मूल्य प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भएको छ । बिहीबार प्रतितोला ६४ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो भने आज शुक्रबार नेपालको इतिहासमै सुनको मूल्यमा नया रेकर्ड कायम भएको छ ।
बुधबार मात्रै ६३ हजार प्रतितोला छापावाल सुनको मूल्य एकै दिन एक हजार रुपैयाँले बढेर बिहिबार नयाँ रेकर्ड बनाएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको मूल्य नेपाली सुन व्यवसायको इतिहासमा सबैभन्दा उच्च थियो तर उक्त रेकर्ड शुक्रबार एक हजारले नै बढेर तोडिएको छ । बजारमा सुनको मूल्य बढ्नुमा कुनै आन्तरिक कारण भने छैन ।
इरान र अमेरिकाबीच चर्किदो विवाद, अमेरिका चीन व्यापार युद्धलगायतका कारणले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रभावित भएको बताइएको छ ।
प्रकाशित मिति : २०७६ असार ६ गते शुक्रवार