२०८१ माघ ९ गते बुधवार

सुनको मुल्य घटयो,कतिमा भैरहेको छ कारोबार ?


दाङ,मंसिर २३ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य तोलामा डेढ लाखमुनि झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रुपैयाँले घटेको हो ।

गत हप्ता शुक्रबार प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १८९० रुपैयाँ रहेको चाँदी आज १८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *