शंकर के सी,
सल्यान, असार ४ । कृषि क्षेत्रको यान्त्रीकिकरण गरि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले सल्यान कपुरकोटका किसानलाइ कृषि सामग्री वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत ब्यवशायीक कृषि उत्पादन केन्द्र तरकारि ब्लक संचालक समितीले मिनि टिलर, स्प्रे ट्यांकी लगाएतका सामग्री वितरण गरेको हो ।
समितीले आयोजना गरेको कार्यक्रममा मंगलबार गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेनले ब्लकमा आवद्ध कृषक समूहलाइ सामग्री हस्तान्तरण गरे । ब्लकमा कपुरकोट गाउँपालिका वडा नम्बर ३ र ४ का २० वटा कृषक समूह र ५ वटा कृषि फर्म आवद्ध रहेका छन् । समूह छनौट गरेर ३ वटा मिनि टिलर, ३ सय थान क्यारेट, डिजिटल काँटा ५ थान, १५ वटा चार्ज गर्न मिल्ने स्प्रे ट्यांकी र १७ वटा चार्ज गर्न नमिल्ने स्प्रे ट्यांकी वितरण गरिएको समितीका सचिव तिलक शर्माले जानकारि दिए । उनका अनुसार ६ लाख ५० हजार ४ सय रुपैयाँ बराबरका कृषि सामग्री खरिद गरेर वितरण गरिएको हो ।
सो अवसरमा बोल्दै कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका सेनले कृषिको ब्यवशायीकरणमा आफुहरुले ध्यान दिइरहेको जनाउँदै दुई वडालाइ आधुनिकिकरण परियोजनाका लागी छनौट गरिएको बताए । उनले यस परियोजनाबाट प्रदान हुने प्राविधिक, साना सिंचाइ तथा उत्पादन सामग्रीले किसान ब्यवशायीक बन्ने र कृषिमा गाउँपालिका आत्मनिर्भर बन्ने विश्वास लिए ।
यस आर्थिक वर्षमा ब्लक सञ्चालनका लागी आधुनिकरण परियोजना, कृषि ज्ञान केन्द्र मार्फत २५ लाख रुपैयाँ प्राप्त भएको सचिव शर्माले जनाए । कृषक तालिम, तरकारिको विउ वितरण, अवलोकन भ्रमण जस्ता क्रियाकलाप सञ्चालन भइसकेको जनाउँदै उनले यस परियोजनामा ४ सय ७३ घरधुरि आवद्ध रहेको जनाए । तरकारि ब्लकले ३१ सय ४९ रोपनी जमिन ओगटेको शर्माले बताएका छन् ।