दाङ, मंसिर ११ । मंगलबार पनि सुनको मूल्य प्रतितोला दुई हजार छ सयले घटेको छ ।
सोमबार प्रतितोला १५ हजार नौ सय रूपैयाँ घटेको थियो । दुई दिनको अवधिमा सुन प्रतितोला १८ हजार पाँच सय रूपैयाँले घटेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य प्रतिऔंश ४६ डलर घटेको छ । अन्तराष्ट्रिय बजारमा मूल्य घटेकाले सुनको मूल्यमा गिरावट आएको हो।
नेपाल सरकारले पनि सुनमा लाग्ने कर घटाएको थियो ।
सरकारले सुन आयातमा २० प्रतिशत कर लिदै आएकोमा १० प्रतिशत विन्दुले भन्सार दर घटाएको थियो । त्यसयता लगातार सुनको मूल्यमा उच्च गिरावट आएको हो ।
नेपाली बजारमा मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : २०८१ मङ्सिर ११ गते मङ्गलवार