काठमाडौं,मंसिर ९ । नेपाली बजारमा सुनको मूल्य लगातार छ दिनदेखि बढिरहेको छ । आइतबार पनि सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेको हो ।
यो साता लगातार सुनको मूल्य बढ्दा तोलामा ७२ सय रुपैयाँले वृद्धि भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार, मंगलबार र बुधबार, बिहीबार र शुक्रबार सुनको भाउ क्रमशः प्रतितोला १ हजार, ११ सय, ९ सय, १ हजार र १५ सय रुपैयाँले बढेको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर तोलाको १९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०८१ मङ्सिर ९ गते आइतवार