२०८१ मङ्सिर १९ गते बुधवार

सुनको मूल्य तोलामा दुई हजारले बढ्यो


दाङ,कार्तिक २३ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ६४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६६ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।

बिहीबार प्रतितोला एक हजार ९६० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार ९८० रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *