२०८३ साउन १७ गते आइतवार

सुनको मुल्य तोलामा एक लाख ६० हजार पाँच सय रूपैया पुग्यो


काठमाडौं,असोज २९ । नेपाली बजारमा सुनको मूल्य एकैदिन १४ सयले बढेको छ।

दशैं बिदापछि आज खुलेको बजारमा १४ सय रुपैयाँले बढेर सुन प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँ पुगेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १४ सय रुपैयाँले बढेर सुन प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

यसैगरी सुनको मूल्यसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी २५ रुपैयाँले बढेर प्रतितोला १९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि असोज २३ गते प्रतितोला सुन १ लाख ५९ हजार १०० सय रुपैयाँ कारोबार भएको थियो। सोही दिन प्रतितोला चाँदी १९ सय रुपैयाँमा खरिदबिक्री भएको महासंघले जनाएको छ।

प्रकाशित मिति : २०८१ असोज २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *