२०८१ भाद्र २३ गते आइतवार

सुनको मुल्य तोलामा १ लाख ५२ हजार ९ सय रुपैयाँ कायम

दाङ,भदौ १४ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख ५२ हजार ९०० रुपैयाँ कायम भएको छ।

यसअघि बिहीबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज भने घटेको हो। हिजो छापावाल सुन प्रतितोला १ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १८ सय २० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार चाँदीको भाउ प्रतितोला १८ सय ३० रुपैयाँ रहेको थियो।

प्रकाशित मिति : २०८१ भाद्र १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *