२०८१ भाद्र २३ गते आइतवार

बुधबार नंया रेकर्ड कायम गरेको सुनको मुल्य ११ सय रुपैयाले घट्याे


काठमाडौं,भदौ ६ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार एक सयले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ५३ हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ५१ हजार नौ सय निर्धारण भएको छ ।

बुधबार सुनको मूल्यमा हालसम्मकै उच्च कीर्तिमान कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला रु पाँचले कम भई आज रु एक हजार आठ सय ३० मा कारोबार भएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *