२०८१ भाद्र २३ गते आइतवार

सुनको मूल्य एक हजार पाँच सयले बढ्यो, कतिमा हुँदैछ कारोबार

काठमाडौं,साउन २५ । शुक्रबार सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको छ ।

आज सुन तोलामा एक हजार पाँच सय रुपैयाँले बढेर एक लाख ४८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको एक लाख ४६ हजार छ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ४० रुपैयाँले बढेर एक हजार सात सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलामा एक हजार छ सय ९० रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : २०८१ साउन २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *