२०७७ कार्तिक १४ गते शुक्रवार

उरहरीमा अचार वनाउने तालिमको समापन


सुवाश डिसी,
उरहरी, वैशाख २६ । तुलसीपुर उपमहानगरपालिका ११ नम्वर वडा कार्यालयको उरहरीको आयोजनामा संचालित ७ दिने अचार वनाउने तालिमको विहीवार एक कार्यक्रमका विच समापन गरिएको छ । जनजाती लक्षित वर्ग अन्तर्गत वडा कार्यालयको एक लाख बजेट बाट जनजाती समुदायलाई सीप मुलक तालिम प्रदान गरेको हो । जनजाती वर्गका मानिसलाई व्यवसायिक रुपमा वलियो वनाउन तथा स्वाबलम्बि बनाउने उदेश्यले वडा स्तरिय जनजाती संजालको समन्वयमा तालिम संचालन गरिएको हो ।

समापन कार्यक्रम सञ्जालका अध्यक्ष शरणकुमार चौधरीको अध्यक्षता र वडा अध्यक्ष चित्रवहादुर वलीको प्रमुख आतिथ्यिमा भएको हो । जसमा महिला अधिकारकर्मी शुष्मा गिरी र तुलसीपुरका व्यवसायी अमन अन्सारी विशिष्ठ आतिथि थिए । समापन सत्रमा वडा सदस्य निर्मा चौधरी, वडा सचिव भुवनेश्वर अधिकारी, प्रहरी चौकी जसपुरका ईन्चार्ज असई प्रेमवहादुर ओड, ओरेक नेपालका जिल्ला संयोजक दीपा अधिकारी, ओरेक नेपालकै अभियन्ता कल्पना चौधरी, वडा स्तरिय जेष्ठ नागरिक संघका वरिष्ठ उपाध्यक्ष केशवराज डाँगी, प्रशिक्षक गंगा हमाल, प्रशिक्षार्थीका तर्फबाट रिना चौधरी, नन्दा वुढा मगर, निर्मला घर्ती, सञ्जु चौधरी लगायतले तालिममा सिकेको सिपलाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिएका थिए ।

जनजाती सञ्जालका कोषाध्यक्ष छोटिलाल चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको तालिम समापन कार्यक्रममा संजालका सचिव रीतु चौधरीले सवैमा धन्यवाद ज्ञापन गरेकी थिइन भने सहजीकरण वडा कार्यालयकी कर्मचारी लक्ष्मी चौधरीले गरेकी हुन । ४० जना प्रशिक्षार्थी सहभागी एक हप्ते तालिमको प्रशिक्षकमा गंगा हमाल थिइन ।

 

प्रकाशित मिति : २०७६ बैशाख २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *