२०७७ कार्तिक १३ गते बिहिवार

देउखुरी झरे, स्वर्गद्वारीका काफल

शिवु खनाल,
देउखुरी, बैशाख २३। जंगलमा फलेर खेर जाने काफल संकलन गरि राम्रो आम्दानी हुने गरेको छ । दाङको घोराही उपमहानगरपालिका १८ निवासी ज्ञानु सुनुवार र उनकि श्रीमतीले एक सिजनमा काफल बेचेर एक लाख भन्दा माथी आम्दानी गर्छन् । दैनिक तीनहजार सम्म आम्दानी गर्ने बताउने सुनवारले दाङको लमहीमा दैनिक रुपमा काफल बेच्दै आएका छन् ।

चैत देखि जेठ सम्म काफलको सिजन भएकाले यो सिजनमा सुनुवार दम्पत्तीले अन्य कामलाई छाडी काफल संकलन गर्ने र बेच्ने काम गर्ने गरेको बताईन् । अरु काम अघिपछि गरेपनि हुन्छ, काफलको सिजन हुन्छ यही मौकामा वुढावुढी नै यसैमा लागेका छौ, लमहीमा काफल वेच्दै गरेका ज्ञानु सुनुवारले भनिन् ।

स्वर्गद्वारीमा वाट प्रत्येक दिन घरमा काफल मगाउने, संकलन गरेको काफललाई बजार डुलाएरु वेच्ने गरेको ज्ञानुले बताईन् । मैले काफलको ठेक्का घरमै लगाएको छु, काफल फल्ने हरेक सिजनमा मैले गाउँमा दिनमा ९ हजार बराबरको काफलको घरमै ठेक्का लगाउँछु, सुनुवारले भनिन् ।

सुनुवारले काफल बेच्न थालेको १६ वर्ष भयो । २० रुपैयाँको गिलास र ५० रुपैयाँको ३ गिलासका दरले विक्री गर्दै आएका उनिहरुले काफल विक्रिमा कुनै समस्या नभएको बताए । जति भएपनि विक्छ, विहान १० वजे आएर दुई नबज्दै काफल सकिन्छ । लमहीकै अर्को चोकमा भेटीएकी कमला गुरुङले भनिन् ।

काफल बिक्रिवाट आफुहरु सन्तुष्ट भएको बताउने काफल व्यवसायिले पछिल्लो समय वन विनाशकै कारण काफलका रुखहरु नाशिएको प्रति चिन्ता व्यक्त गरेका छन् । पहाडी काफल रसिलो हुने भन्दै काफल किन्नेहरुको घुइचो लाग्ने गर्दछ । पहाडी फलफुल सबै राम्रो हुन्छ, स्वर्गद्धारीको काफल देउखुरीमा झरे भन्दै काफल देखेर किन्न आएका लमही ५ का शेरसिङ्ग खड्काले काफल खादा पेट सफा पनि हुने बताए ।

प्रकाशित मिति : २०७६ बैशाख २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *