२०८२ माघ ३ गते शनिवार

शेयर बजार झन्डै १३ अङ्कले बढ्यो

काठमाण्डौ ,असार १९ । मङ्गलवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ७३ अङ्कले बढेर दुई हजार ८८ दशमलव ७० विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर सामान्य बढेको छ । बजार सामान्य बढे पनि कारोबार रकममा भने निकै कमी आएको छ । आज दुई सय ८२ वटा कम्पनीका ६४ लाख ५० हजार कित्ता शेयर किनबेच भए । हिजो चार अर्ब पाँच करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई अर्ब ५७ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भयो ।

आज सबैभन्दा धेरै नागरिक लगानी कोषको १२ करोड १७ लाख रुपैयाँको शेयर किनबेच भयो । सबैभन्दा धेरै सिटी होटलको शेयर १० प्रतिशत तथा मानुषी लघुवित्त र सिङ्गटी हाइड्रोको शेयर पाँच प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै बीपीडब्ल्यू लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २०८० असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *