२०८३ जेष्ठ १५ गते शुक्रवार

नेप्से परिसूचक उच्च अङ्कले बढ्यो

काठमाडौं ,जेठ ३० । यो साता लगातार उकालो लागिरहेको शेयर बजारमा मंगलबार पनि उच्च वृद्धि देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार ३४ दशमलव १७ अङ्कले बढेर दुई हजार २० दशमलव ६४ अङ्कमा कायम भएको हो ।

मंगलबार विभिन्न दुई सय ७० कम्पनीका एक करोड आठ लाख एक हजार छ सय ९३ कित्ता शेयर चार अर्ब १२ करोड ६६ लाख ९५ हजार नौ सय ४३ रुपैयाँमा कारोबार भएको छ। मंगलबारको कारोबारमा २२ वटा कम्पनीको मूल्य घटेको छ भने अरु सबै कम्पनीको बढेको छ।

कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको २७ करोड ६६ लाख ८७ हजार दुई सय ५० बराबरको पाँच लाख ५७ हजार तीन सय ८८ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *