काठमाडौँ ,जेठ २ । सुनको भाउ आज सामान्य बढेको छ ।
तोलामा एक सय रुपैयाँले बढेर सुनको भाउ आज तोलामा १ लाख ११ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने दुई दिनदेखि स्थिर छ ।
चाँदी आज पनि तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति : २०८० जेष्ठ २ गते मङ्गलवार
