काठमाडौँ ,चैत २९ । केही समय यता घट्दै गएको सुनको मूल्य नेपाली बजारमा पुनःनिरन्तर उकालो लागिरहेको छ।
आज बुधबार नेपाली बजारम सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड नजिक पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेर १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ।
यस्तै,आज तेजावी सुनको भाउ तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको छ। यसअघि, चैत २३ गते छापावाल सुन अहिलेसम्मकै उच्च १ लाख ११ हजार रुपैयाँ कायम भएको थियो।
यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको १ लाख ९ हजार ८०० रुपैयाँ कायम थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो।
यता, बुधबार चाँदीको भाउपनि प्रतितोला १५ रुपैयाँले बढेर १४ सय ५० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय ३५ रुपैयाँ निर्धारण भएको थियो।